बीवाईडीको ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अभियान : कालिमाटीमा दुई पकेट फरेस्ट निर्माणका लागि गरियो ५५० वृक्षरोपण
काठमाडौं : बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालिमाटीस्थित दुई पकेट फरेस्टमा ५५० वृक्षरोपण गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अभियान ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अन्तर्गत बीवाईडीले द हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका वडा नं. १३ सँगको सहकार्यमा सो वृक्षरोपण अभियान सफलतापूर्वक सम्पन्न गरेको हो।
सो अवसरमा मिस नेपाल २०२४ का प्रतियोगीहरूले समेत उत्साहजनक रूपमा सहभागिता जनाएका थिए, जसले अभियानको प्रभाव र पहुँच बढाउन थप भूमिका खेलेको कम्पनीको विश्वास छ।
नयाँ पकेट फरेस्टमा रोपिएका विरुवाको वृद्धि र दिगोपनाका लागि आगामी तीन वर्षसम्म सावधानीपूर्वक हेरचाह र सम्भार गर्नेछ। प्रदूषणले आक्रान्त बनेको काठमाडौं उपत्यकामा हरित र स्वस्थकर सहरी वातावरण निर्माण गर्न जोड दिने कम्पनीको विश्वास छ।
कालिमाटीमा अवस्थित बीवाईडी पकेट फरेस्टबाट पाँच वर्षपछि २९५ टन अक्सिजन उत्पादन हुनेछ भने १११ टन कार्बन स्टोर हुनेछ। त्यसैगरी १० वर्षपछि ५९१ टन अक्सिजन उत्पादन हुने र २२२ टन कार्बन स्टोर हुनेछ भने २० वर्ष पछि ११८२ टन अक्सिजन उत्पादन हुने र ४४३ टन कार्बन स्टोर हुनेछ।
साइमेक्स इंकका चिफ मार्केटिङ अफिसर समिर श्रेष्ठ ५५० वृक्षरोपण गरेकोमा खुसी व्यक्त गर्दै वातावरणीय दिगोपना र सामुदायिक संलग्नतामा आफूहरूको समर्पणलाई यसले देखाएको बताए।
साउन १३, २०८१ सोमबार १३:१८:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।