अमेरिकाको टेक्ससमा गोली हानेर नेपालीको हत्या

काठमाडौँ : टेक्ससको एक पसलमा काम गर्ने नेपाली नागरिक ३० वर्षीय दीपक ओलीको गोली हानेर हत्या भएको छ। बिहान साढे पाँचतिर पसलमा आएका दुई जना व्यक्तिले ओलीलाई गोली हानेका हुन्। दीपक पसलको काउन्टरको नजिकै बसेको बेलामा पसलमा आएकाहरूले सिधै गोली चलाएका थिए।
सिसिटिभी फुटेजमा ओली आफ्नो आफ्नो हातले उनीहरूलाई गोली नहान्न अनुरोध गरिरहेको अवस्थामा देखिन्छन्। तर उनीहरूले सिधै गोली प्रहार गरेको देखिन्छ।
ओली एक श्रीमती र पाँच वर्षीय छोरीसँगै अमेरिकामा बस्दै आएका थिए। उनी रुकुमको भएको दाबी आए पनि पुष्टि हुन सकेको छैन।
साउन १४, २०८१ सोमबार १२:०९:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।