सङ्क्रमणकालीन संयन्त्रले मूल ऐन र प्रतिवेदन अध्ययन गर्ने

सङ्क्रमणकालीन संयन्त्रले मूल ऐन र प्रतिवेदन अध्ययन गर्ने

काठमाण्डौं : सङ्क्रमणकालीन न्याय सम्बन्धित गठित संयन्त्रले  मूल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन अध्ययन गर्ने भएको छ। सोमबार बसेको संयन्त्रको बैठकले अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि छलफल केन्द्रित गर्नेगरि आगामी बिहीबार पुन बैठक बस्ने गरी सोमबारको बैठक सकिएको हो।

सोमबार बसेको संयन्त्रको बैठकमा कांग्रेसबाट गृहमन्त्री समेत रहेका रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा सहभागी थिए।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाल लगायत पनि सहभागी थिए।

बैठकपछि बर्तौलाले मूल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको र त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरूलाई पनि एकीकृत गर्ने विषयमा छलफल भएको जानकारी दिए। आगामी बैठक बिहीबार ८ बजे गृह मन्त्रालयमै बस्ने सहमति भएको उनले जानकारी दिए। 

साउन १३, २०८१ सोमबार ११:५४:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।