पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु

पोखरा अपडेट : स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु

कास्की : पोखरामा भएको स्कुल बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका-२१ मट्टीखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कुल ग १ क ६३१९ नम्बरको बस दुर्घटनामा बसका सहचालकको मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी रबिन्द्र रेग्मीले जानकारी दिए।

‘सहचालकको मृत्यु भएको छ,’ उनले उकेरासँग भने, ‘उनको परिचय खुलिसकेको छैन। बाँकी घाइते विद्यार्थीहरूलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।’

उनका अनुसार बसमा चालक र सहचालकसहित २७ जना विद्यार्थी र एक जना अभिभावक सवार थिए।

दुर्घटनामा घाइते भएका विद्यार्थीलाई उद्धार गरी गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पताल ल्याइएको छ।

साउन १३, २०८१ सोमबार १०:२६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।