पोखरामा स्कुल बस दुर्घटना

पोखरामा स्कुल बस दुर्घटना

कास्की : पोखरामा स्कुल बस दुर्घटना भएको छ।

पोखरा महानगरपालिका-२१ मट्टीखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कुलको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते भएका विद्यार्थीलाई उद्धार गरी गण्डकी मेडिकल कलेज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पताल ल्याइएको छ।

बसमा २२ विद्यार्थी र चालक र सहचालक गरी २४ सवार थिए।

साउन १३, २०८१ सोमबार १०:१५:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।