हिमालयन बैंकको बनेपाको दोस्रो शाखा पनौती सर्यो

हिमालयन बैंकको बनेपाको दोस्रो शाखा पनौती सर्यो

काठमाडौं : हिमालयन बैंकले बनेपामा रहेको दोस्रो शाखालाई पनौतीमा स्थानान्तरण गरेको छ।

सिभिल बैंकलाई प्राप्ति गरेपछि नजिक भएका शाखा सञ्जालहरूमध्ये बनेपा शाखा-२ लाई स्थानान्तरण गरी साविक स्थानबाट करीब ६.२ किलोमिटर दक्षिणतर्फ पनौती बसपार्कमा पनौती शाखाको रूपमा काम थालिएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बंैकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, बैंकका उच्चपदस्थ कर्मचारीहरू तथा अन्य अतिथिहरूको उपिस्थतिमा बैंकको उक्त शाखाको शुभारम्भ गरेका थिए।

हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६ हजार ५०० भन्दा बढी पीओएस टर्मिनल्स र १७ हजार भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ। 

साउन १३, २०८१ सोमबार ०९:२७:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।