ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्याडिसन होटलमा १५ प्रतिशत छुट
काठमाडौं : ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहकलाई काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ।
उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्याडिसन होटलका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन्।
बैंकका ग्राहकले र्याडिसन होटलमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै र्याडिसन होटल काठमाडौंले सञ्चालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरूबाट पनि उपलब्ध हुने सेवाहरूमा छुट पाउने छन्।
ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका योजनाहरू ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।
साउन १३, २०८१ सोमबार ०८:५१:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।