साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौं : आज साउन महिनाको दोस्रो सोमबार।

पशुपतिनाथ मन्दिर सहित मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ।

यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।

साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ। यस वर्षको साउन महिनामा चार सोमबार परेका छन्।

हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन्।

साउन १३, २०८१ सोमबार ०८:४३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।