५० हजार धरौटीमा रिहा भएपछि अर्यालले पत्रकारलाई भने 'तपाइहरूले चाहेको भएन’

५० हजार धरौटीमा रिहा भएपछि अर्यालले पत्रकारलाई भने 'तपाइहरूले चाहेको भएन’

काठमाडौँ : अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचारको अभियोग लागेका वैकुण्ठ अर्याललाई विशेष अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाडेको छ।

निलम्बित मुख्यसचिव समेत रहेका अर्याललाई थुनामा राखेर मुद्दा प्रक्रिया अगाडि बढाउने कि धरौटीमा छाड्ने भन्नेबारे आइतबार अदालतमा भएको थुनछेक बहसपछि ५० हजार धरौटीमा हिरासत बाहिर राखेर मुद्दा प्रक्रिया अगाडि बढाउने आदेश आएको हो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अर्यालको बयान लिएपछि ५० हजार रुपैयाँ धरौटी मागेको थियो। उनले धरौटी बुझाएर आइतबारै नै रिहा भएका थिए।

सुरक्षण मुद्रण केन्द्रबाट निजी क्षेत्रलाई अन्तःशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेपछि उनलाई मुख्य सचिव पदबाट हटाएर राष्ट्रिय योजना आयोगमा विशेष पदमा गरिएको थियो। अदालतको आदेशपछि विशेषबाट बाहिरिँदै गरेका अर्यालले तस्बिर खिच्न बसेका फोटो पत्रकार भिडियोग्राफरहरुलाई’ तपाइहरूले चाहेको भएन’ भन्दै बाहिरिएका थिए।

साउन १२, २०८१ आइतबार १९:२६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।