पूर्व गृहमन्त्री गोविन्दराज सर्वोच्चबाट पनि भ्रष्ट ठहर, विशेषको कैद र जरिवाना भने घट्यो

पूर्व गृहमन्त्री गोविन्दराज सर्वोच्चबाट पनि भ्रष्ट ठहर, विशेषको कैद र जरिवाना भने घट्यो

काठमाडौँ : पूर्व मन्त्री गोविन्दराज जोशीलाई सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको छ।

विशेष अदालत जोशीलाई गैर कानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

सर्वोच्चले जोशीलाई विशेषले तोकेको कैद र जरिवाना रकम दुवै घटाएर दोषी ठहर गरेको हो। जोशीसँगै प्रतिवादी बनेका ताराराज पाण्डे र वासुदेव पन्तले भने सफाइ पाए।

यो मुद्दा सर्वोच्चमा २०६९ फागुन ८ मा दर्ता भएको थियो। पूर्वमन्त्री जोशीलाई २०६९ साउनमा विषेश अदालतले भष्ट्रचारी ठहर गरेको थियो।

साउन १२, २०८१ आइतबार १८:५१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।