८४ सालको निर्वाचनमा गठबन्धन नगर्ने प्रचण्डको दाबी

८४ सालको निर्वाचनमा गठबन्धन नगर्ने प्रचण्डको दाबी

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने दाबी गरेका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा पार्टी पदाधिकारी बैठकमा उनले माओवादीलाई पून शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्त्वपूर्ण सन्देश दिने दाबी गरे।

‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ। बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ’ उनले भने।

उनले १८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको दाबी समेत गरे।

साउन १२, २०८१ आइतबार १७:३६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।