गिरीबन्धुको जग्गा घोटालामा कांग्रेसको संलग्नताबारे छानबिन गर्न कांग्रेस महामन्त्री शर्माको माग

गिरीबन्धुको जग्गा घोटालामा कांग्रेसको संलग्नताबारे छानबिन गर्न कांग्रेस महामन्त्री शर्माको माग

काठमाडौँ : नेपाली कांग्रेसका सांसद तथा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी स्टेटको जग्गा घोटालामा कांग्रेसको संलग्नताबारे समेत छानबिन गर्न सरकारलाई आग्रह गरेका छन्।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र गिरीबन्धु टी स्टेटको जग्गा घोटाला सम्बन्धी विषयमा अनुसन्धान गर्नुपर्ने माग गरेका हुन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले गिरीबन्धुको जग्गा बेचेर खाएको आरोप लगाएको भन्दै अब त्यसबारे समेत छानबिन गर्न माग गरेका थिए।

‘अरूमाथि छानबिनको माग गर्न सजिलो हुन्छ। आफूमाथि माग गर्न गाह्रो हुन्छ। कांग्रेसको भूमिकाबारे पनि छानबिन होस्’ उनले भने।

साउन १२, २०८१ आइतबार १५:२४:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।