सौर्य एयर दुर्घटनाको छानबिनको नेतृत्व छानबिनमा परेका व्यक्तिको भिनाजु !

सौर्य एयर दुर्घटनाको छानबिनको नेतृत्व छानबिनमा परेका व्यक्तिको भिनाजु !

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्स दुर्घटनाको छानबिनको दायरामा आउनेहरू नै सरकारको छानबिन समितिमा रहेको  बताएका छन्।

जहाज दुर्घटनामा गम्भीर त्रुटि भएको विषय सार्वजनिक भइरहेको भन्दै उनले सौर्य  विमान  पोखरा उड्न उपयुक्त थियो की  थिएन भन्ने विषय जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख नै अनुसन्धानको पहिलो  दायरामा आउने भन्दै उनले उनकै भिनाजुलाई अहिले छानबिन आयोगको प्रमुख बनाइएको बताए।

उनले  पटक-पटक एउटै मान्छेलाई छानबिनको जिम्मा दिएर सरकार मौन रहेको  भन्दै ध्यानाकर्षण गराएका थिए।

सरकारले सो दुर्घटनाको छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। 

मर्मतका लागि पोखरा जान त्रिभुवन विमानस्थलबाट उडे लगत्तै दुर्घटनामा पर्दा चालक दलसहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको थियो। १८ मध्ये एक विदेशी नागरिक बाहेक अन्यको परिवारले शव बुझिसकेका छन्। विमानका क्याप्टेन उपचाररत छन्।

साउन १२, २०८१ आइतबार १५:१३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।