भौतिक संरचनामा सुधार्न आवश्यक छ : गृहमन्त्री लेखक

भौतिक संरचनामा सुधार्न आवश्यक छ : गृहमन्त्री लेखक

काठमाडौं : गृहमन्त्री रमेश लेखकले कारागारलगायत गृह मन्त्रालय अन्तरगतका निकायहरूको भौतिक संरचनामा सुधार गर्न आवश्यक रहेको बताएका छन्।

आइतबार सिंहदरबारमा बसेको कानून समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्।

उनले भने, ‘भौतिक संरचना जीर्ण छन्, कम छन्, ठाउँ कम छ। बढी संख्यामा कैदीबन्दी राख्नुपर्ने स्थिति छ। त्यही भएर स्वस्थ्य र सरसफाइको समस्या स्वतःउत्पन्न हुने भएकाले त्यसमा काम गर्नुपर्छ।’

साथै लेखकले सुरक्षा व्यवस्थाको कुरा पनि गम्भीर भएर ध्यान दिनुपर्ने जिकिर गरे। उनले सवारी साधनबाट लिएर पुस्तकालयसम्मको कुरामा पनि सरकारलाई ध्यानाकर्षण गरिने बताए।

साथै उनले अहिलेको  समयमा अपराधका घटनाहरू धेरै बढेको बताए। उनले जबरजस्ती करणी, लागुऔषध तथा कर्तव्य ज्यान मुद्दाको अपराधहरु बढ्दै गएको बताए।

साउन १२, २०८१ आइतबार १४:१५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।