क्यान महानिर्देशक भ्रष्टाचारमा लिप्त भए भन्दै सांसदले मागे सरकारको नाममा रुलिङ

क्यान महानिर्देशक भ्रष्टाचारमा लिप्त भए भन्दै सांसदले मागे सरकारको नाममा रुलिङ

काठमाडौँ : नागरिक उड्डयन प्राधिकरणमा चरम भ्रष्टाचार रहेको भन्दै सरकारको नाममा रुलिङ गर्न सांसदहरूले माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सत्ताधारी दल कांग्रेस र एमालेका सांसदहरूले नै यस्तो माग गरेका हुन्।

कांग्रेस सांसद राजेन्द्र बजगाईँले पोखरा विमानस्थल होचो बनाएर डाँडा भत्काउन ठेक्का लगाएर भ्रष्टाचार गरेको भन्दै उनले अहिलेका नागरिक उड्डयन प्राधिकरणका प्रमुख प्रदीप अधिकारी भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका थिए।

पोखरा विमानस्थलमा उडान र अवतरण गर्न गाह्रो हुने भन्दै पोखराको रिट्ठेपानी डाँडा होचो बनाइएको थियो। बजगाईँले पटक पटक सभामुखलाई सरकारको नाममा रुलिङ गर्न माग गरेका थिए।

एमाले सांसद सुनिता बराल हवाई क्षेत्र नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणको कामकाजमाथि शङ्का गरेकी थिइन्। हालै भएको शौर्य एयरको विमान दुर्घटनामा गम्भीर त्रुटि देखिएको भन्दै यसबारे विस्तृत अध्ययन र अनुसन्धान हुनुपर्ने उनले माग गरेकी थिइन्।

 

 

साउन १२, २०८१ आइतबार १३:४०:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।