दुई पटक सर्किट ब्रेक लागेपछि सम्हालिएको सेयर बजारमा वाणिज्य बैङ्कको उछाल

दुई पटक सर्किट ब्रेक लागेपछि सम्हालिएको सेयर बजारमा वाणिज्य बैङ्कको उछाल

काठमाडौँ : २७ सय ८ अङ्क सम्म पुगेर दुई पटक सकारात्मक सर्किट ब्रेक लागेको सेयर बजार अहिले सम्हालिएको छ। दुई पटक सर्किट ब्रेक लागेपछि अहिले नेप्से २६ सय २५ मा हिँडिरहेको छ। यो भनेको २.२४% वृद्धि हो।

मौद्रिक नीति आएपछिको पहिलो दिनको कारोबारमा वाणिज्य बैङ्कहरूको शेयर बढेको छ। एक बजेसम्म सबैभन्दा धेरै कमाउने पाँच कम्पनीमा पाँचै वटा वाणिज्य बैङ्क छन्।

पहिलो नम्बरमा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क, दोस्रोमा एनआइएमबी, तेस्रोमा प्रभु, चौथोमा सिटिजन बैङ्क र पाँचौँमा प्राइम कमर्शिलय बैङ्क रहेका छन्। धेरै गुमाउनेहरूमा लघुवित्त र हाइड्रो कम्पनी छन्। एक बजेकै बिचमा आठ अर्ब २३ करोडको कारोबार भइसकेको छ।

नयाँ सरकार बन्न नेपाली कांग्रेस र एमालेबीच सहमति भएसँगै सेयर बजार उकालो लागेको थियो। शुक्रबार आएको मौद्रिक नीतिले समेत बजारलाई सकारात्मक प्रभाव पारेको देखियो।

साउन १३, २०८१ आइतबार १३:२२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।