कम्बोडियाद्वारा नेपाली नागरिकका लागि पर्यटक र व्यापार भिसा सेवा सुरु
काठमाडौं : नेपालमा रहेको कम्बोडियाको मानार्थ वाणिज्य दूतावासले नेपाली नागरिकका लागि भिसा सेवा सुरु गर्ने घोषणा गरेको छ।
नेपालका लागि कम्बोडियाका अवैतनिक वाणिज्य दूत क्याबिनेट श्रेष्ठले जुन २, २०२४ मा पानीपोखरीस्थित वाणिज्य दूतावासको कार्यालयमा एक सफल भेट–अभिवादन सत्रको आयोजना गर्दै यसबारे जानकारी दिएका हुन्।
कार्यक्रममा श्रेष्ठले नेपाल र कम्बोडियाबीचको बलियो सम्बन्धलाई सुदृढ गर्दै नेपाली नागरिकका लागि भिसा सेवा सुरु गर्न पाउँदा खुसी लागेको बताए।
यो पहलले द्विपक्षीय सम्बन्ध विस्तार गर्न र दुवै देशका जनताका लागि यात्रा सहज बनाउने सहयोग पुर्याउने उनको भनाइ छ। उनले नयाँ सेवामार्फत थप सहयोग र समझदारी बढाउन तत्पर रहेको समेत बताए।
मानार्थ वाणिज्य दूतावासले कम्बोडिया र नेपाली दुवै नागरिकलाई सहयोग गर्न, सांस्कृतिक आदानप्रदान प्रवर्द्धन गर्न र व्यापार तथा लगानीलाई सहजीकरण गर्न समर्पित गर्ने उनको भनाइ छ।
पर्यटक भिसाका लागि प्रतिव्यक्ति ३६ अमेरिकी डलर लाग्नेछ। जसमा ३ महिनाको वैधता पाइनेछ भने ३० दिनसम्म बस्न पाइनेछ। यसका लागि तीन देखि पाँच कार्यदिन लाग्ने बताइएको छ।
त्यसैगरी व्यापार भिसाका लागि ४३ डलर भिसा र प्रशासनिक शुल्क लाग्नेछ। । जसमा ३ महिनाको वैधता पाइनेछ भने ३० दिनसम्म बस्न पाइनेछ। यसका लागि तीन देखि पाँच कार्यदिन लाग्नेछ।
भिसा आवेदन र सेवाहरू बारे थप जानकारी काठमाडौंंस्थित कम्बोडियाको मानार्थ वाणिज्य दूतावासबाट लिने सकिने बताइएको छ।
साउन १२, २०८१ आइतबार १२:१८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।