हजार रुपैयाँले बढ्यो सुन
काठमाडौं : साताको पहिलो कारोबारको दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एक हजार रूपैयाँले बढेको हो।
शुक्रबार प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार रूपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ।
शुक्रबार तोलामा १ हजार ७ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी आज १० रूपैयाँले बढेर १ हजार ७ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।
साउन १२, २०८१ आइतबार ११:३७:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।