सेयर बजारमा दोस्रो पोजेटिभ सर्किट
काठमाडौं : मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको सेयर बजारमा दोस्रो पटक पोजेटिभ सर्किट लागेको छ।
कारोबार खुलेको एक मिनेटमै सेयर बजार मापक नेप्से परिसूचक १०२.६८ अंकले बढेपछि पहिलो पटक हल्ट भएको थियो।
सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि बन्द भएको बजार खुलेको केही सेकेन्डमै पुन: सर्किट ब्रेक लागेको हो।
सुरुवातमा नेप्से ३.९९ प्रतिशतले बढेर २६७०.८२ बिन्दुमा पुगेको थियो भने दोस्रो पटक थप एक प्रतिशत गरी ५.०२ प्रतिशतले बढेर २६९७.२१ विन्दुमा पुग्यो।
दोस्रो सर्किटपछि ४० मिनेटका लागि कारोबार स्थगित भएको छ।
मौद्रिक नीतिमा सेयर बजारका लागि संस्थागत ऋणमा यसअघि लाग्दै आएको २० करोडको सीमा हटाएपछि लगानीकर्ता उत्साहित देखिएका हुन्।
साउन १२, २०८१ आइतबार ११:३०:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।