मौद्रिक नीतिपछि सेयर बजारमा ‘हल्ट’

मौद्रिक नीतिपछि सेयर बजारमा ‘हल्ट’

काठमाडौं : चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि खुलेको सेयर बजारमा पोजेटिभ सर्किट ब्रेक(हल्ट) लागेको छ।

कारोबार खुलेको एक मिनेटमै सेयर बजार मापक नेप्से परिसूचक १०२.६८ अंकले बढेपछि हल्ट भएको हो।

सर्किट ब्रेक लागेसँगै बजार २० मिनेटका लागि बन्द भएको छ। नेप्से ३.९९ प्रतिशतले बढेर २६७०.८२ बिन्दुमा पुगेको छ।

मौद्रिक नीतिमा सेयर बजारका लागि संस्थागत ऋणमा यसअघि लाग्दै आएको २० करोडको सीमा हटाएपछि लगानीकर्ता उत्साहित देखिएका हुन्।

साउन १३, २०८१ आइतबार ११:१६:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।