श्रीलंकाविरुद्धको पहिलो टी२० मा भारत विजयी, दोस्रो खेल आजै

श्रीलंकाविरुद्धको पहिलो टी२० मा भारत विजयी, दोस्रो खेल आजै

काठमाडौं : श्रीलंकाविरुद्धको तीन खेलको टी२० सिरिजमा पहिलो खेलमा भारत ४३ रनले विजयी भएको छ। योसँगै तीन खेलको टी२० सिरिजमा भारत १-० ले अगाडि छ।

श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा तानिएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २१३ रन बनायो।

उसका लागि कप्तान सूर्यकुमार यादवले २६ बलमा आठ चौका र दुई छक्कासहित ५८ रनको अर्धशतकीय पारी खेले। त्यसबाहेक रिसब पन्त ४९, यशस्वी जयसवाल ४०, शुभमन गिल ३४ र अक्षर पटेल १० रनमा आउट भए।

हार्दिक पाण्ड्या ९ रियान पराग ७, रिंकु सिंह १ रनमा आउट हुँदा अर्शदीप सिंहले १ रन बनाएर नटआउट रहे।

बलिङतर्फ श्रीलंकाका मथिषा पाथिरानाले चार, वानिन्दु हसरंगा, असीथा फर्नान्डो र दिलसान मधुसानाले समान एक-एक विकेट लिए।

२१४ रनको लक्ष्य पछ्याएको श्रीलंकाको सुरुवात शानदा रह्यो। पथुम निसान्का र कुशल मेन्डिसले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरे। पथुम ७९, मेन्डिस ४५, कुशल परेरा २० र कामिन्दु मेन्डिसले १२ रन बनाउनुबाहेक श्रीलंकाका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

भारतका लागि रियान परागले तीन, अर्शदीप सिंह र अक्षर पटेलले समान दुई-दुई विकेट लिँदा मोहम्मद सिराज र रवि विश्नोइले समान एक-एक विकेट लिए।
दुई टीमबीचको दोस्रो टी२० आज साँझ सवा सात बजे पल्लेकेलेमै हुँदैछ। 

साउन १२, २०८१ आइतबार ११:१२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।