गोलान हाइटको रकेट आक्रमण हुँदा १३ जनाको मृत्यु भएपछि इजरायली प्रधानमन्त्रीले भने- ‘बदला लिन्छौँ’

गोलान हाइटको रकेट आक्रमण हुँदा १३ जनाको मृत्यु भएपछि इजरायली प्रधानमन्त्रीले भने- ‘बदला लिन्छौँ’

एजेन्सी : इजरायलको कब्जामा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा १२ बालबालिका र एक किशोरको मृत्यु भएको छ।

फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएको इजरायली सरकारलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको दाबी गरेको छ  तर, हिजबुल्लाहले भने इजरायली सेनाको यो दाबी अस्वीकार गरेको छ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस आक्रमणको निन्दा गर्दै आक्रमणकारीले यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन्।

यो आक्रमणपछि इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्ध हुनसक्ने समेत आँकलन गरिएको छ।

गत वर्ष अक्टोबरमा इजरायल-गाजा युद्ध सुरु भएदेखि इजरायली सेना र हिजबुल्लाहबीच लगातार गोली हानाहान भइरहेको छ।

साउन १२, २०८१ आइतबार १०:०३:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।