प्रहरीले रोक्दारोक्दै महाकाली नदीमा हाम फालेकी १७ वर्षीय किशोरी बेपत्ता

प्रहरीले रोक्दारोक्दै महाकाली नदीमा हाम फालेकी १७ वर्षीय किशोरी बेपत्ता

काठमाडौं : महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्।

शनिबार साँझ ६ : ३० बजे सदरमुकाम खलङ्गास्थित रिङ्नेताल नजिकैबाट हाम फालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिषा कुँवर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र सिंहले जानकारी दिए।

प्रहरीका अनुसार उनी हाम फाल्न भनेर नदीको डिलमा पुगेको भनेर स्थानीयले खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो। 

प्रहरी र स्थानीयले उनलाई सम्झाइबुझाइ गरेका थिए। तर, नमानेपछि उनलाई समात्न एक प्रहरी नजिकै जाँदा कुँवरले नदीमा हाम फालेकी थिइन्।

उनी नदीमा हाम फाल्नुको कारण भने खुलिसकेको छैन। 

खोजी कार्य सुरू गरे पनि उनी फेला नपरेकी प्रहरीले जनाएको छ।

साउन १२, २०८१ आइतबार ०८:५७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।