एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्त्व कार्यक्रम
काठमाडौं : नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्त्व कार्यक्रम अन्तर्गत धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरूलाई पोशाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ।
कार्यक्रममा बैंकका धनगढी शाखा प्रबन्धक विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरे।
कार्यक्रम बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोषकुमार भण्डारीलगायत बैंकका पदाधिकारिहरुको उपस्थितिमा भएको थियो।
बैंकले दिगो विकास हासिल गर्ने तथा सबैका लागि समावेशी र गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ शिक्षा क्षेत्रमा बारम्बार यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाइएको छ।
हाल बैंकले १०० शाखा, २२ एक्स्टेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।
साउन १२, २०८१ आइतबार ०८:३२:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।