सिमलताल पहिरोमा हराएका यात्रु खोज्न भारतबाट ल्याइएको १९ केजीको चुम्बक नै हराएपछि...

सिमलताल पहिरोमा हराएका यात्रु खोज्न भारतबाट ल्याइएको १९ केजीको चुम्बक नै हराएपछि...

काठमाडौं : चितवनको सिमलतालमा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र यात्रीको खोजी गर्नका लागि भारतबाट चुम्बक त्रिशूलीमा हराएको छ।

आज अपराह्न बस पत्ता लगाउन प्रयोग गरिएको १४ किलो र १९ किलोका २ मध्ये १९ किलोको चुम्बक भने नदीले बगाएको हो। 

अहिले भारत र नेपालको खोज तथा उद्धार टोलीले बस र यात्रुको खोजी गरिरहेको छ।

अहिले चुम्बकको खोजी भइरहे पनि पत्ता लाग्न नसकेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए।

गएको असार २८ मा वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएको थियो।

बसमा सवार ३८ यात्रुको अवस्था अझै अज्ञात छ। २४ जनाको शव निकालिएको छ। 

साउन ११, २०८१ शनिबार २०:२९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।