१० जनामा हैजा सङ्क्रमण पुष्टि

१० जनामा हैजा सङ्क्रमण पुष्टि

काठमाडौं : स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ। 

हैजा सङ्क्रमण हुनेमा ललितपुरका सात र कैलालीका तीन जना गरि १० जनामा पुष्टि भएको हो। 

पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी र बान्ता हुने, आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुने, धेरै तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने जस्ता लक्षण देखिएमा हैजा हुनसक्ने महाशाखाले जनाएको छ।

साउन ११, २०८१ शनिबार १९:००:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।