'गाँजा ज्ञान हो, संस्कृति हो, परम्परा हो'

'गाँजा ज्ञान हो, संस्कृति हो, परम्परा हो'

काठमाडौं : सर्वोच्च अदालतबाट अग्राधिकार पाएको सार्वजनिक सरोकारसँग सम्बन्धित गाँजा सम्बन्धी मुद्दाको सुनुवाइ छिटो हुनपर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको छ। 

शनिबार काठमाडौंको भद्रकालीमा नेपाल फार्म व्यवसायी संघ र जय देश, जय चरेस समूहले विरोध प्रदर्शन गरेका हुन्। 

सहभागीहरूले देशको आवश्यकता गाँजा वैधानिकता, गाँजा ज्ञान हो, संस्कृति हो, परम्परा हो, बाकसमा फर्किने कि जडिबुटी रोप्ने? गाँजा सबको साझा लगायतका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।  

उनीहरूले साउन २१ गते हुने सुनुवाइ मार्फत नै फैसला दिनुपर्ने माग राखी दर्शनको आयोजना गरेका हुन्। 

करिब एक दर्जनको सहभागिता रहेको प्रदर्शनमा गाँजाका फाइदा र उपयोगिता सम्बन्धी सामाग्री पनि प्रदर्शन गरिएको छ।

सहभागीका अनुसार प्रदर्शन २१ गतेसम्म चल्नेछ। 

साउन ११, २०८१ शनिबार १५:५२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।