नेपाल साहित्यकारहरूको गन्तव्य मुलुक हो : प्रधानमन्त्री ओली

नेपाल साहित्यकारहरूको गन्तव्य मुलुक हो : प्रधानमन्त्री ओली

काठमाडौं : लेखक नेत्र प्रसाद गौतमका तीनवटा कृतिहरू एकसाथ विमोचन गरिएका छन्। 

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा साहित्यकार गौतमका ‘मेरो इतिवृति’, ‘नेत्रसरका तीन खण्डकाव्य’ र ‘भूत पिसाच’ नामक कृतिहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गरे। 

विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल साहित्यकारहरूको गन्तव्य मुलुक भएकाले राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट समाज निर्माण गर्न लागि परेका व्यक्तिहरूलाई उचित सम्मान र संरक्षण गर्नुपर्ने बताए। 

नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा र आदिकवि भानुभक्त आचार्य जस्ता साहित्यकार जन्मिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उनीहरुको विरासत नयाँ पुस्ताका साहित्यकारहरूले सम्हाल्नुपर्ने बताए। 

उनले भने, ‘हाम्रो देश साहित्यकारहरूको गन्तव्य मुलुक हो। भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल र बालकृष्ण सम जस्ता साहित्यकारहरू र महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्ता साहित्यकार जन्माउने देश हो। नेपालमा एक जनाले भन्नुभएको थियो। भारतका तीन जना साहित्यकार जोड्यो भने बल्ल लक्ष्मीप्रसाद जस्ता साहित्यकार जन्मन्छन् भनेर। अबको पुस्ताले उहाँको विरासत सम्हाल्नुपर्छ।’ 

साउन ११, २०८१ शनिबार १५:१३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।