सवारी दुर्घटना नियन्त्रणका लागि चालकहरूको रक्तचाप परीक्षण

सवारी दुर्घटना नियन्त्रणका लागि चालकहरूको रक्तचाप परीक्षण

रामेछाप : जिल्ला  ट्राफिक प्रहरी कार्यालय रामेछापले सवारी दुर्घटना नियन्त्रणका लागि चालकहरूको रक्तचाप जाँच गरेको छ।

मन्थली नगरपालिका-१ स्थिति कार्यालय अगाडि शनिबार बिहान खिम्ति-मन्थली-सेलेघाट क्षेत्रमा चल्ने सवारी साधनका चालकहरूको स्वास्थ्य जाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले जनाएको छ।

रामेछाप सामुदायिक अस्पताल मन्थलीको सहयोगमा आयोजना गरिएको कार्यक्रम वाग्मती प्रदेशसभा सदस्य आनन्दकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा मन्थली नगरपालिका-२ का वडाध्यक्ष सुरेन्द्र कार्कीलगायतको सहभागिता रहेको थियो।

सो क्रममा खिम्ति-मन्थली-सेलेघाट चल्ने साना-ठूला सवारी साधनका ५० जना चालकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। जसमा १० जना चालकको रक्तचाप बढी तथा कम देखिएको थियो।

स्वास्थ्यमा समस्या देखिएका चालकलाई अस्पतालका डाक्टर केशवसिंह धामीले स्वास्थ्य सतर्कता अपनाउन आवश्यक परामर्श दिएका छन्।

साउन ११, २०८१ शनिबार १३:४०:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।