एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, दुई भारतीय सेना घाइते

एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, दुई भारतीय सेना घाइते

एजेन्सी : भारत र पाकिस्तानको संवेदनशील क्षेत्र जम्मू कश्मीरमा भारतीय सेना र अज्ञात व्यक्तिबीच भएकाे गोलीबारीमा एक जनाको मृत्यु भएको छ।

जम्मू-कश्मीरको मछल सेक्टरमा नियन्त्रण रेखा (एलओसी)मा सुरक्षा बल र अज्ञात व्यक्तिहरू बीच गोलीबारी भएको हो।

गोलीबारीमा एक पाकिस्तानीको मृत्यु भएको भारतीय सुरक्षाा बलले जनाएको छ। उसका अनुसार त्यस क्रममा दुई भारतीय सैनिक समेत घाइते भएका छन्।

सामाजिक सञ्जाल वेबसाइट एक्समा ट्वीट गर्दै सेनाले अपरेशन जारी रहेको अवस्थामा घाइते सैनिकहरूलाई बाहिर निकालिएको जनाएको छ।

साउन ११, २०८१ शनिबार ११:५९:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।