काठमाडौं उपत्यकाका सम्पूर्ण स्थानीय तहमा आइतबार सार्वजनिक बिदा

काठमाडौं उपत्यकाका सम्पूर्ण स्थानीय तहमा आइतबार सार्वजनिक बिदा

काठमाडौं : काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तहमा आइतबार सार्वजनिक बिदा हुने भएको छ।

कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक भोलि बिदा दिने निर्णय गरेको हो।

२०२१ असार २० गते जन्मिएका नकर्मी मृगौला रोगबाट पीडित थिए। उपचारकै क्रममा गत बिहीबार राति वीर अस्पतालमा उनको मृत्यु भएको थियो।

शुक्रबार कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको छ।

विकासप्रेमी एवं समाजसेवी छवि बनाएका नकर्मी २०७९ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुख निर्वाचित भएका थिए।

उनको निधनको शाेकमा कीर्तिपुर नगरपालिकाले शुक्रबार नै शोक बिदा दिएको थियो।

साउन ११, २०८१ शनिबार ११:१९:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।