ट्रम्पसँगको भेटपछि नेतान्याहुले भने- ‘युद्धविरामका लागि हमाससँग वार्ता गर्न तयार छु’

ट्रम्पसँगको भेटपछि नेतान्याहुले भने- ‘युद्धविरामका लागि हमाससँग वार्ता गर्न तयार छु’

एजेन्सी : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्ध अन्त्यका लागि हमाससँग वार्ता गर्न आफू तयार रहेको बताएका छन्।

फ्लोरिडामा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि उनले यसका लागि आफ्नो प्रतिनिधिमण्डल रोम पठाउने बताएका हुन्।

यसै हप्ताको सुरुमा वार्ताका लागि आफ्नो प्रतिनिधिमण्डल इटाली पठाउने उनले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।

यद्यपि, नेतान्याहुले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले गाजामा भएको त्रासदीबारे मौन नबस्ने भनाइबारे समेत टिप्पणी गरेका छन्।

‘युद्ध रोक्नको लागि गरिने वार्तामा अमेरिका र इजरायलबीच कुनै मतभेद छैन भन्ने कुरा हमासले बुझेको छ,’ उनले भने, ‘ह्यारिसको टिप्पणीले यसमा कुनै प्रभाव पार्दैन।’

साउन ११, २०८१ शनिबार १०:३३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।