कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी घोषणा

कमला ह्यारिसद्वारा अमेरिकी राष्ट्रपतिमा उम्मेदवारी घोषणा

एजेन्सी : कमला ह्यारिसले अमेरिकी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्।

सोसल मिडिया प्लेटफर्म एक्समा आफ्नो उम्मेदवारी घोषणा गर्दै उनले लेखेकी छन्, ‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्यको राष्ट्रपतिको लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेँर म हरेक भोट प्राप्त गर्न कडा मेहनत गर्नेछु।

उनले लेखिन्, ‘नोभेम्बरमा, जनताको शक्तिले भरिएको हाम्रो अभियान विजयी हुनेछ।’

पूर्व राष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि उनको उम्मेदवारीलाई समर्थन गरेका छन्।

अधिकांश लोकतान्त्रिक सांसद उनको पक्षमा रहेको र आगामी भदौमा हुने पार्टी महाधिवेशनमा उनलाई औपचारिक रूपमा लोकतान्त्रिक पार्टीको राष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गरिने विश्वास गरिएको छ।

साउन ११, २०८१ शनिबार १०:१९:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।