विमान दुर्घटनामा मृत्यु भएका छ जनाको शव आफन्तले बुझे

विमान दुर्घटनामा मृत्यु भएका छ जनाको शव आफन्तले बुझे

काठमाडौं : सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूमध्ये छ जनाको परिवारले शव बुझेका छन्। शुक्रबार अस्पतालले छ जनाको शव आफन्तहरूलाई बुझाएको हो।

अहिलेसम्म को-पाइलट सुशान्त कटुवाल, प्राविधिक श्याम बिन्दुकार, क्यामो म्यानेजर अश्विन निरौला, क्वालिटी म्यानेजर दिलीप बर्मा तथा इन्जिनियरद्वय राजाराम आचार्य र उद्धव पुरीको शव आफन्तले बुझेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।

बाँकी केही आफन्तले भने बीमा रकम सुनिश्चितता लगायतको माग गरेका छन्।

सौर्य एयरलाइन्स बिमाको प्रक्रिया अगाडि बढिसकेको र कम्पनीका तर्फबाट वहन गर्नुपर्ने सम्पूर्ण जिम्मेवारी लिन उच्च तह सकारात्मक भएको बताएपछि आफन्तहरू शव बुझ्न सकरात्मक भएका छन्।

उनीहरूले शनिबार शव बुझ्ने त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए।

सबैको पोस्टमार्टम शुक्रबार अपरान्ह सम्पन्न भएको हो।

साउन ११, २०८१ शनिबार १०:०६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।