प्रहरीको २८९ लेखापालको नियमित सरुवा छलेर काज सरुवा

प्रहरीको २८९ लेखापालको नियमित सरुवा छलेर काज सरुवा

काठमाडौँ : प्रहरी प्रधान कार्यालयले नियमित सरुवा ननिकाली २ सय ८९ लेखापालको काज सरुवा निकालेको छ।
प्रहरीको मानव स्रोत विकास विभागले एकै पटक लेखापालको काज सरुवा निकालेको हो। पत्रमा अर्को आदेश नभएसम्म काज सरुवा निस्किएको कार्यालयमा हाजिर गरेर काम गर्न भनिएको छ।

एक कार्यालयमा दुई वर्ष काम गरेको लेखापाल नयाँ आर्थिक वर्ष सुरु भए लगत्तै सरुवा गरिन्छ। तर यो पाली पहिलो हप्तामा सरुवा निस्किएन नै। नियमित सरुवा निकाल्न नसकेपछि २ सय ८९ जनाको काज निकालियो।

प्रहरीमा लेखापाल सरुवा प्राय: विवादित हुने गरेको छ। निश्चित मापदण्डको निर्माण नगरी पहुँचको आधारमा बढी बजेट भएको र चलखेल।सहज भएको कार्यालयको लेखापाल बन्न सङ्गठनमा दौडधुप हुने गरेको छ।

गृह मन्त्रालय अनि प्रहरी प्रधान कार्यालयमा नयाँ नेतृत्व आएपिच्छे लेखापाल सरुवाको मापदण्ड बनाउने दाबी गर्छन्। तर सरुवा नै व्यवस्थित हुन्न। 

साउन ११, २०८१ शनिबार ०९:५२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।