महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने

महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्ने
फाइल तस्बिर

काठमाडौं : एसीसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंका भिड्ने भएका छन्।

शुक्रबार राति भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भिडन्त पक्का गरेको हो।

यसअघि पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकटले पराजित गर्दै नवौं पटक महिला एसिया कपको फाइनलमा पुगेको थियो।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशमाथि १० विकेटको शानदार जित निकालेको हो।

सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा विना विकेटको क्षतिमा भेट्टाएको हो।

भारतका लागि स्मृति मन्धनाले ५५ रनको शानदार अर्धशतक बनाउँदा सफाली वर्माले २६ रन जोडिन्।

यता प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफानलमा भने श्रीलंकाले कठिन जित निकालेको हो। सुरूमा ब्याटिङ गरेको पाकिस्तानले ४ विकेटको क्षतिमा दिएको १४० रन बनाएको थियो।

१४१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले एक बल बाँकी हुँदा सात विकेट गुमाएर पूरा गर्यो।

आयोजक श्रीलंका र भारतको फाइनल आइतबार दिउँसो सवा तीन बजे सुरू हुनेछ।

साउन ११, २०८१ शनिबार ०७:२४:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।