कन्टेन्ट क्रियटर निमेषले अभिनेत्री सुरक्षा पन्तसहित 'लाइफ ड्यामेज' बनाउने

कन्टेन्ट क्रियटर निमेषले अभिनेत्री सुरक्षा पन्तसहित 'लाइफ ड्यामेज' बनाउने

काठमाडौँ : युट्युबमा छोटा व्यङ्ग्यात्मक ड्रामा बनाएर चर्चामा आएका निमेष श्रेष्ठ निर्देशकसहित फिल्म निर्माणमा प्रवेश गरेका छन्। उनले फिल्म ‘लाइफ ड्यामेज’ मार्फत ठुलो पर्दामा डेब्यु गर्न लागेका हुन्। 

निमेषको समूह फन रिभोलुसन टिभीको नाममा छोटा भिडियोहरू बनाउन सक्रिय छन्। 

फिल्ममा निमेषको समेत अभिनय रहने छ नै नायिका सुरक्षा पन्तले उनलाई साथ दिनेछिन्। शुक्रवार शुभ साइत गरिएको फिल्म फेन्टासी कमेडी ड्रामा जनारामा बन्न लागेको हो। यसमा निमेष समूहका अन्य कलाकार इशा थापा, सन्जना महर्जन, अमोघ अर्याल, अनीशजंग थापा, अजय पन्त, निरु खड्का लगायतले समेत अभिनय गर्नेछन्। फिल्म निमेष श्रेष्ठ र इसा थापाले लेखेका हुन्।  

साउन १०, २०८१ शुक्रबार २३:५९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।