मौद्रिक नीतिमा समेटियो बजेटका कार्यक्रम : वैदेशिक रोजगारीमा जानेलाई विनाधितो देखि कृषीउपजमा धितोमा ऋणसम्मको व्यवस्था

मौद्रिक नीतिमा समेटियो बजेटका कार्यक्रम :  वैदेशिक रोजगारीमा जानेलाई विनाधितो देखि कृषीउपजमा धितोमा ऋणसम्मको व्यवस्था

काठमाडौँ : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वैदेशिक रोजगारीमा जानेलाई धितो नराखी ऋण दिने व्यवस्था गरेको छ। 

सरकारले बजेटमा यो व्यवस्था गरेको उल्लेख गरेको थियो।  चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसार वैदेशिक राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको मौद्रिक नीतिबाट रोजगारीमा जानेले बैङ्क खातामा विप्रेषण पठाउने प्रतिबद्धता गरे धितो नराखी ऋण दिने प्रबन्ध गरेको हो।  

सहकारीका बचतकर्ताहरूको बचतको सुरक्षामा देखिएको समस्या समाधान गर्न सरकारले बजेटमा सहकारीका सञ्चालक र एकाघरका परिवारको सम्पत्ति धितोबाट पाँच लाख रुपैयाँसम्म बचत रहेकाहरूको बचत फिर्ताको नीति लिएकोमा मौद्रिक नीतिले पनि त्यसलाई सघाएको छ।  

मौद्रिक नीतिमा बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाखसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था कार्यान्वयनका लागि सरकारलाई सहजीकरण गर्ने उल्लेख छ। 

सरकारले बजेटमा कृषि उपजको धितोका आधारमा ऋण प्रवाह गर्ने उल्लेख गरेको थियो।  शुक्रवार सार्वजनिक भएको मौद्रिक नीतिमा सो विषय समावेश गरिएको छ।  

बैङ्कबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा केन्द्रित गर्न सरकारले बजेटमार्फत लिएको नीतिलाई समेत मौद्रिक नीतिले सहयोग गरेको छ।  मौद्रिक नीतिमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गर्ने उल्लेख छ। 

साउन १०, २०८१ शुक्रबार १५:४०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।