१२.५ प्रतिशत कर्जा विस्तार गर्ने राष्ट्र बैंकको लक्ष्य

१२.५ प्रतिशत कर्जा विस्तार गर्ने राष्ट्र बैंकको लक्ष्य

काठमाडौं : नेपाल राष्ट्र बैंकले १२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राखेको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा राष्ट्र बैंकले १२.५ प्रतिशत कर्जा विस्तार लक्ष्य राखेको हो।

चालु आर्थिक वर्षमा कर्जा विस्तार लक्ष्य ११ प्रतिशत राखिएकोमा लक्ष्यको मुस्किलले आधा मात्रै उपलब्धि छ।

कर्जा विस्तार लक्ष्य १.५ प्रतिशतले बढाए पनि गभर्नर स्वयंले बैंक तथा वित्तीय संस्थामा खराब कर्जा बढेको बताएका छन्।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको छ।

त्यस्तै, राष्ट्र बैंकले सहकारीका सञ्चालकको नाममा रहेको सम्पत्तिबाट ५ लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न नेपाल सरकारलाई सहजीकरण गर्ने नीति लिएको गभर्नर अधिकारीले बताए।

साउन १०, २०८१ शुक्रबार १३:५८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।