लघुवित्तका ऋणीले कर्जा पुनर्तालिकीकरणको सुविधा पाउने

लघुवित्तका ऋणीले कर्जा पुनर्तालिकीकरणको सुविधा पाउने

काठमाडौं : लघुवित्तका ग्राहकहरूले कर्जा पुनर्तालिकीकरणको सुविधा पाउने भएका छन्।

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकका लागि यस्तो सुविधा दिन लागिएको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए।

उनले भने, ‘परिस्थितिवश ऋण तिर्न नसकेका लघुवित्तका ग्राहकलाई निश्चित प्रतिशत ब्याज भुक्तानी गरी कर्जा पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरिनेछ।’

त्यसका लागि उनीहरूले ब्याज भने भुक्तानी गर्नुपर्नेछ।

यस्तै, लघुवित वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने नीति समेत राष्ट्र बैंकले लिएको छ।

यसका साथै लघुवित वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदर तथा सेवा शुल्कसम्बन्धी नियामकीय व्यवस्थामा समसामयिक पुनरावलोकन गरिने बताएको राष्ट्र बैंकले कुनै निश्चित प्रदेश वा क्षेत्रमा आफ्नो कार्यक्षेत्र सीमित राखी कार्य गर्ने लघुवित्तलाई प्रोत्साहन गर्ने समेत जनाएको छ।

साउन १०, २०८१ शुक्रबार १३:४२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।