मूल्यवृद्धि ५.५ प्रतिशतभित्रै सीमित राख्ने राष्ट्र बैंकको प्रक्षेपण

मूल्यवृद्धि ५.५ प्रतिशतभित्रै  सीमित राख्ने राष्ट्र बैंकको प्रक्षेपण

काठमाडौं : नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मुद्रास्फीति (मूल्यवृद्धि) ५.५ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो निर्णय लागू गरेको बताएका हुन्।

‘नेपाल सरकारले आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा मुद्रास्फीति ५.५ प्रतिशतको सीमाभित्र रहने अनुमान गरेको छ,’ उनले भने, ‘केही जोखिम रहे पनि मुद्रास्फीतिका कारकहरुलाई मध्यनजर राख्दा आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फीति सोही सीमाभित्रै रहने प्रक्षेपण रहेको छ।’

उनले भारतमा खाद्यान्न, तरकारी तथा गेडागुडी र दालजन्य सामग्रीहरूको मूल्य उच्च रहेको र जारी रुस–युक्रेन युद्ध तथा मध्यपूर्वको भूराजनैतिक तनाव कायमै रहेका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा खाद्यान्नको मूल्य बढ्न सक्ने जोखिम भने रहेको समेत बताए।

साउन १०, २०८१ शुक्रबार १३:१८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।