तीन सयले घट्यो सुनको मूल्य, चाँदीमा २० रुपैयाँ गिरावट

तीन सयले घट्यो सुनको मूल्य, चाँदीमा २० रुपैयाँ गिरावट

काठमाडौं : साताको छैटौं दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ।

बिहीबारको तुलनामा सुन तोलामा तीन सय रुपैयाँ घट्दा चाँदी २० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अुनसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ।

बिहीबार यहि सुन तोलाको एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुन शुक्रबार तोलाको एक लाख ४४ हजार रुपैयाँमा कारोबार हुँदा चाँदी तोलाको एक हजार ७३० रुपैयाँ कायम भएको थियो।

बिहीबार तेजाबी सुन तोलाको एक लाख ४४ हजार तीन सय रुपैयाँ र चाँदी एक हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

साउन १०, २०८१ शुक्रबार ११:५१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।