माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं : माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा समसामयिक विषयहरूमा छलफल हुने पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए।

उनका अनुसार पार्टीका आन्तरिक गतिविधि, पार्टी संगठन सुदृढिकरण, जनतासँग जाने विषय र पार्टीको आगामी रणनीतिका बारेमा समेत बैठकमा छलफल हुनेछ।

साउन ११, २०८१ शुक्रबार १०:०३:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।