क्यानडा उडे रोहित र दीपेन्द्र

क्यानडा उडे रोहित र दीपेन्द्र

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरी क्यानडा उडेका छन्।

ग्लोबल टी२० क्यानडा खेल्नका लागि उनीहरू दुवै जना क्यानडा उडेका हुन्। उनीहरू गएराति नै क्याडानका लागि उडेको कप्तान पौडेलले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

दीपेन्द्र र रोहित संलग्न टोलीको पहिलो खेल भने हिजो राति नै भइसकेको छ। ग्लोबल टी२० मा दीपेन्द्र भानकुभर नाइट्सबाट खेल्दैछन् भने रोहित टोरन्टो नेशनलबाट सहभागी हुँदैछन्।

भानकुभरमा अर्का नेपाली खेलाडी सन्दीप लामिछाने समेत छन्। गए राति भएको खेलमा सन्दीपले अलराउन्ड प्रदर्शन गरे पनि खेल भने टोरन्टोले जित्यो।

भिसा प्रक्रियामा केही ढिलाइ हुँदा रोहित र दीपेन्द्र प्रतियोगिता अघि नै क्यानडा पुग्न नपाएका हुन्।

साउन १०, २०८१ शुक्रबार ०९:५०:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।