ग्लोबल टी२० क्याडानमा सन्दीपको अलराउन्ड प्रदर्शन

ग्लोबल टी२० क्याडानमा सन्दीपको अलराउन्ड प्रदर्शन

काठमाडौं : क्यानडामा जारी ग्लोबल टी२० मा नेपाली बलर सन्दीप लामिछानेले अलराउन्ड प्रदर्शन गरेका छन्।

टोरन्टो नेशनलविरुद्धको खेलमा भानकुभर नाइट्सबाट खेलेका लामिछानेले अलराउन्ड प्रदर्शन गरेका हुन्। उक्त खेलमा उनले एक विकेट लिनुका साथै ब्याटबाट समेत योगदान दिए।

टोलीका अन्य ब्याटरले खासै स्कोर खडा गर्न नसकेको अवस्थामा लामिछानेले ९ बलमा तीन चौकासहित १५ रन जोडे। यद्यपि टोलीले खेल भने हार्यो।

ब्राम्पटनको सीएए सेन्टरमा टस हारेर पहिला ब्याटिङमा तानिएको भानकुभर १९.३ ओभरमा अलआउट हुँदै ११० रनमा समेटियो।

उसका लागि रीजा हेन्ड्रिक्स र मुनीर अहमदले समान २३-२३ रन बनाउँदा डोयन प्रेटोरियसले १६, सन्दीपले १५, युवराज समाराले १४ र पल भान कीकिरनले १२ रन जोडे।

टोरन्टोका जुनैद सिद्दीकीले चार, साद बीन जफर र मुहम्मद रोहिदले समान दुई-दुई र जेसन बेह्रेन्ड्रोफले एक विकेट लिए।

१११ रनको लक्ष्य पछ्याएको ब्याटिङमा उत्रिएको टोरन्टोले १४.४ ओभरमा दुई विकेट गुमाएर लक्ष्य भेटटयो। उसका लागि कोलिन मुन्रोले ४४, उन्मुक्त चन्दले २३ रन बनाएर आउट हुँदा रासी भान डर डुसेन ३१ र निकोलस किर्तन ४ रनमा नटआउट रहे।

भानकुभरका सन्दीप र पल भान मीकिरनले समान एक-एक विकेट लिए।

प्रतियोगिता अन्तर्गत आज राति पौने ९ बजे मोन्ट्रियल्स टाइगर्स र बांग्ला टाइगर्स मिस्सीसौगा भिड्दैछन्।

साउन १०, २०८१ शुक्रबार ०९:३१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।