कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको निधन

कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीको निधन

काठमाडौं : कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मी गए राति पौने ११ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन्।

उनको शव अहिले अस्पतालमै रहेको र बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धान्जलीका लागि राखिने बताइन्।

नकर्मीको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालले जानकारी दिए।

नकर्मीको आजै अन्त्येष्टि गरिने छ।

साउन १०, २०८१ शुक्रबार ०८:४९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।