मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दैछ।

चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्नेगरि राष्ट्र बैंकले तयारी गरेको छ।

त्यसका लागि शुक्रबार बिहान ८ बजे सञ्चालक समितिको बैठक बस्दैछ। बैठकपछि दिउँसो मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ।

यसअघि नै सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति सत्ता समिकरण फेरबदल भएपछि स्थगित भएको थियो।

मौद्रिक नीतिका बारेमा अर्थविद् एवम् सरोकारवालाहरूले फरक-फरक धारणा राख्दै आएका छन्।

गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिसकेका छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन्।

साउन १०, २०८१ शुक्रबार ०७:१५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।