रास्वपाको कर्णाली विशेष अभियान सभापति लामिछाने सहभागी हुने, अरनिको पाँडेको राजीनामा पुनर्बहाली

रास्वपाको कर्णाली विशेष अभियान सभापति लामिछाने सहभागी हुने, अरनिको पाँडेको राजीनामा पुनर्बहाली

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशमा विशेष अभियान चलाउने भएको छ।

बिहीबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले अभियान विभागका प्रमुख विपिन आचार्यको नेतृत्वमा अभियान चलाउने निर्णय गरेको हो। उक्त अभियानमा पार्टी सभापति रवि लामिछानेसमेत सहभागी हुने छन्। 

बैठकले कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहेको कार्यदल गठन गरेको छ। 

कार्यदलको सदस्यमा सोबिता गौतम, गणेश कार्की, डा.तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम, नारायण घिमिरे र शंकर श्रेष्ठ रहेका छन्।

पार्टी, पार्टी पदाधिकारी तथा नेतृत्वमा रहेका सदस्यहरूलाई रणनीतिक रूपमा सक्षम बनाउन सघन प्रशिक्षण आयोजना गर्ने भएको छ। यसलाई क्लोज क्याम्प नाम दिइएको छ। 

केन्द्रीय सदस्यबाट अल्पकालीन राजीनामा दिएका अरनिको पाँडेलाई केन्द्रीय समिति सदस्यमा पुनर्बहाली गर्ने निर्णय पनि आजको बैठकले गरेको छ।

उनी राष्ट्रिय योजना आयोगका सदस्य हुँदा पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए। आयोगको सदस्यबाट हटेपछि केन्द्रीय समितिमा फर्किएका हुन्। 

साउन ९, २०८१ बिहीबार २०:२८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।