यामाहा नेपालले ल्यायो सम्बन्ध निर्माणका लागि ‘ब्लुस्ट्रिक्स’ योजना

यामाहा नेपालले ल्यायो सम्बन्ध निर्माणका लागि ‘ब्लुस्ट्रिक्स’ योजना

काठमाडौं : यामाहा नेपालले यामाहा ब्लूस्क्वायर, नक्सालमा आफ्नो 'ब्लुस्ट्रिक्स' पहल सुरु गर्ने घोषणा गरेको छ।

यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको 'ब्लूस्ट्रिक्स' एक रोमाञ्चक र नवीन कार्यक्रम हुने कम्पनीले विश्वास लिएको छ। 

कम्पनीका अनुसार 'ब्लुस्ट्रिक्स' यामाहाको आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा "म्यान-मेसिन" अन्तरक्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा हो।

यस कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्ने बताइएको छ। 

साउन ९, २०८१ बिहीबार १९:५६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।