नेपालको पहिलो महिला मुख्यसचिव बनिन् लिलादेवी गड्तौला

नेपालको पहिलो महिला मुख्यसचिव बनिन् लिलादेवी गड्तौला

काठमाडौं : नेपाल सरकारका कायममुकायम मुख्य सचिव लिलादेवी गड्तौलालाई मुख्य सचिवमा नियुक्ति गर्ने निर्णय भएको छ। 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। 

उनी नेपालको निजामती सेवाको उच्च पद मुख्यसचिव बन्ने पहिलो महिला बनेकी छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि मुख्यसचिव डा. वैकुण्ठ अर्याल निलम्बित भएका थिए। 

त्यसपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी पाएकी थिइन्।  

साउन ९, २०८१ बिहीबार १७:२४:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।